Thursday, December 17, 2009

kopanhegan ko upalabdhi

कोपनहेगन चिसियो तर विश्वको तातो घटाउने कुरा मिलेन
• हरितगृह ग्याँस कटौतीबारे विवाद कायमै
अब्दुल्लाह मियाँ







google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);

कोपहेगनको मौसम भने मंगलवारदेखि चिसिएको मात्र छैन, पुरै कोपनहेगनभरी हिमपात नै भएको छ । बाटो, घर, रेल्वे, सवारी साधन ढपक्कै हिउँले ढाकेको छ । यहाँको तापक्रम पनि माइनसमा झरेको छ ।
कोपनहेगन (डेनमार्क) , २०६६ पुस २ - जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमै बढिरहेको तापक्रम नियन्त्रण गर्न चाल्नु पर्ने कदमबारे छलफल गर्न १० दिनदेखि एक सय ९२ मुलुकका प्रतिनिधि र राष्ट्रप्रमुख कोपनहेगनमा भेला भईरहेका छन् । ठीक त्यसको विपरीत कोपहेगनको मौसम भने मंगलवारदेखि चिसिएको मात्र छैन, पुरै कोपनहेगनभरी हिमपात नै भएको छ । बाटो, घर, रेल्वे, सवारी साधन ढपक्कै हिउँले ढाकेको छ । यहाँको तापक्रम पनि माइनसमा झरेको छ । कोपनहेगनमा मंगलवार र बुधवार दिउँसोदेखि व्यापक हिमपात भएको छ । हिमपात परेर कोपनहेगनको मौसम चिसिएपनि विश्वव्यापी रुपमा बढेको तातोपना -ग्लोबल वार्मिङ) घटाउने बारे भने सम्मेलनमा सहभागी मुलुकहरुवीच सहमति जुट्न सकेको छैन । बरु धनी र गरीब मुलुकहरुवीचको टकराब बढेको छ । धनी र विकसित मुलुकहरुले क्योटो प्रोटोकल अभिसन्धि खारेज गर्नुपर्ने माग गरिरहेका छन् । अल्पविकसित र अति कम विकसित मुलुकहरु -एलडिसिज) ले अति विकसित र विकसित मुलुकहरुले हरित गृह ग्याँस कटौतीकालागि वाध्यकारी सन्धिमा सहमति जनाउनुपर्ने अडान राखेका छन् । सम्मेलनमा सम्वोधनका क्रममा प्रधानमन्त्री माधवकुमार नेपालले हरितगृह ग्याँस कटौती गर्न महत्वकांक्षी लक्ष्य हुनुपर्ने र वायुमण्डलको तापक्रम एक दशमलव ५ डिगि्रभन्दा तल राख्नुपर्ने प्रस्ताव गरेका थिए । त्यस्तै, संस्थागत संरचनाको स्रोत र प्रविधिसंगको सहज र प्रत्यक्ष पहुँचमार्फत् पूर्वानुमानित ठोस उन्नत र दिगो लगानी हुनुपर्ने पनि प्रधानमन्त्रीले बताएका थिए । छलफलमा सहभागी वातावरण मन्त्रालयका प्रतिनिधिहरुका अनुसार विकसित र धनीमुलुकहरु त्यो अभिसन्धिबाट पन्छिन खोजेको छ । सन् १९९७ मा जापनको क्योटो शहरमा सम्पन्न तेस्रो भेलाले क्योटो अभिसन्धिको अवधारणा अघि सारेको थियो । क्योटो सहरकै नामबाट अभिसन्धिको नाम रहेको हो । ४२ मुलुक आवद्ध विकसित मुलुकहरु (एनेक्स एक) ले कार्बनडाईअक्साईडलगायतका हरितगृह ग्याँसको उत्सर्जनलाई घटाएर सन् १९९० को भन्दा सरदर ५ दशमलव दुई प्रतिशतले कम गर्न निर्देशन गरेको थियो । त्यो लक्ष्य हासिल गर्न सन् २००८ देखि २०१२ सम्मको समयावधि तोकिएको भए पनि धनी विकसित मुलुकहरुले क्योटो अभिसन्धि नै खारेजीको माग गरिरहेका छन् । विशेषज्ञहरु हरितगृह ग्याास कटौती गर्ने लक्ष्य हासिल गर्न विकसित मुलुकहरु (एनेक्स एक) ले बाध्यकारी सन्धि विना सम्भव नहुने तर्क गर्छन् । कार्बनडाईअक्साइड, मिथेन, नाईटरस अक्साईड, ओजोन र हृ्यालो जस्ता ६ किसिमका हानिकारक ग्याँसको समुहलाई हरितगृह ग्याँस भनिन्छ । जलवायु परिवर्तनमा ८० प्रतिशत भूमिका कार्बनडाईअक्साईड (सिओटु) को मात्रै हुन्छ । विकसित र धनी मुलुकहरुले हरितगृह ग्याँस उत्सर्जन कटौतीसम्वन्धि वाध्यकारी अभिसन्धि पालना गर्न अटेर गरिरहेका छन् । क्योटोबारे टुंगो नलागेपछि बुधवार सरकार प्रमुखहरु छलफलमा जुटिसकेका छन् । विश्वमै बढ्ता हरितगृह ग्याँस गर्ने सूचीको अमेरिकाले क्योटो प्रोटोकलमा हस्ताक्षर नगर्ने घोषणा गरिसकेको छ । नेपालले शुन्य दशमलव शुन्य २५ प्रतिशत मात्रै कार्बन उत्सर्जन गर्ने भएपनि सन् २००५ मा नै क्योटो अभिसन्धिमा हस्ताक्षर गरी पक्ष मुलुक भएको थियो । विवादकै कारण १० दिनदेखि जलवायु परिवर्तनसम्वन्धि विश्व सम्मेलन टुंगोमा पुग्न सकेको छैन । पृथ्वीको जलवायु अनुकुलन कायम राख्न औसत तापक्रम १४ देखि १५ डिगि्र सेल्सियस हुने गरेकोमा औसत तापक्रम बढेर अहिले १६ डिगि्र पुगेको छ । जलवायु परिवर्तनका कारण नेपालको औषत तापक्रम वाषिर्क शुन्य दशमलव शुन्य ६ डिगि्र सेल्सियसका दरले वृद्धि भएको छ, जुन दर अन्य मुलुकहरुको तुलनामा बढी हो । जलवायु परिवर्तनका कारण विश्वमा तापक्रम बढ्ने, जीव, वनस्पति, पानीको स्रोत, समुन्द्री जीव र तीनको पारिस्थितिकिय प्रणाली तहस नहस हुने खतरा बढेको छ ।त्यस्तै, हिमालय क्षेत्र पग्लिने, हिमनदी सुक्ने, हिमतालको संख्या र गहिराई बढ्ने, ताता दिनको संख्या बढ्ने, मौसमको प्याट्र्न परिवर्तन हुनेलगायतका संकेत पनि प्रशस्तै देखिएका छन् । जलवायु परिवर्तनसम्वन्धि अन्तरसरकारी मञ्च (आईपिसिसि) को २००७ मा प्रकाशित प्रतिवेदनले पनि अनुमानभन्दा निकै उच्च गतिमा जलवायु परिवर्तनको असर देखिएको र असरको मात्रा बढ्ने क्रम जारी रहेको उल्लेख गरेको छ ।

No comments:

Post a Comment