Thursday, December 17, 2009

सामीप्यताको महत्त्व


सामीप्यता तनाव मेटाउने काममा सहयोगी हुन्छ। सामीप्यताले सुषुप्तावस्थामा रहेको भावना प्रकट गर्न सजिलो हुन्छ। एक सय जोडीमा गरिएको एउटा अनुसन्धानले एक -अर्कालाई सुम्सुम्याउँदा वा आलि·नमा बाँधिँदा सुरक्षाको भावना जागृत हुन्छ भन्ने देखाएको छ। यस्तो आलि·नले दिनभरिको तनाव कम गर्छ। एक-अर्काको शरीरको ताप अनुभव गर्नाले सकारात्मक ऊर्जा प्रवाह हुन्छ। यसले शारीरिक एवं मानसिक थकान मेटाउँछ। जब मानिस चिन्ता र तनावबाट ग्रसित हुन्छ तब सामीप्यता र निकटताले शान्ति प्रदान गर्छ। नयाँ आशा र उत्साहलाई जीवित गर्छ। ँप्रगाढ आलिङ्गन एवं निकटता दुवै दाम्पत्य जीवनका आवश्यकता हुन् । धेरैजसो सम्बन्धमा बेलाबेलामा फाटो आउन सक्छ । फाटो आउनुको कारण माया गर्नेलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने कुरा बुझ्न नसक्नु हो । धेरै दम्पती शारीरिक सम्पर्कलाई क्षणिक उन्मादका रूपमा लिन्छन् । अध्ययनहरूले बताएअनुसार यौनलाई क्षणिक उन्मादका रूपमा लिने मानिसको जीवन निराशाजनक हुनसक्छ । मनोवैज्ञानिकहरूका अनुसार धेरैजसो दम्पती परस्पर निकटताबाटै सम्पूर्णताको अनुभूति गर्न सक्छन् । यो सामीप्यता भावनात्मक रूपबाट एक-अर्काबीच खुलापन कायम राख्ने दुई व्यक्तिबीचको शारीरिक निकटताबाटै सम्भव हुनसक्छ ।धेरैजसो दम्पती आपसी सम्बन्ध प्रगाढ नभएका कारण दुःखी छन् । यस्ता जोडी आफ्नो अनुभूतिलाई व्यक्त गर्नुभन्दा आफूमै सीमित राख्छन् । उनीहरू आफ्नो मनमा के खेलिरहेको छ अरूलाई जानकारी होस् भन्ने चाहँदैनन् । साथीका अगाडि आफ्ना अनुभूति व्यक्त गर्नु जोखिमपूर्ण हुनसक्ने आशंका तिनमा हुन्छ । उनीहरूमा आफ्नो जीवनमा अरूको निणन्त्रण होला भन्ने भावना हुन्छ । यही असुरक्षाको भावनाले उनीहरूलाई गहिरो चिन्तामा पुर्‍याउँछ । आफ्नो स्वतन्त्रता गुमाउने डरले व्यक्ति यतिसम्म ग्रसित हुन्छ कि उसले निकटताको भावनाबाट प्राप्त हुने सुखको अनुभव गर्न सक्दैन । यस्ता दम्पती केही क्षणका लागि सामीप्यताको अनुभव त गर्छन् तर त्यो अनुभव अस्थायी हुन्छ । विवाहपछि धेरैजसो पुरुषको गुनासो श्रीमतीले यौनमा रुचि राख्दैनन् भन्ने हुन्छ । श्रीमतीहरू टाढा रहँदा श्रीमान्ले आफूप्रति रुचि देखाउँछ भन्ने भ्रान्ति हुन्छ । साथमै हुँदा पनि यी भावनाका कारण दुवैलाई एक्लोपन महसुस हुन्छ । त्यसैले संभोगपछि पनि खालीपनको अनुभव हुन्छ । यस्ता दम्पती यौनलाई प्रगाढता र सामीप्यता दर्साउने माध्यमका रूपमा मात्र लिन्छन् ।सामीप्यता तनाव मेटाउने काममा सहयोगी हुन्छ । सामीप्यताले सुषुप्तावस्थामा रहेको भावना प्रकट गर्न सजिलो हुन्छ । एक सय जोडीमा गरिएको एउटा अनुसन्धानले एक-अर्कालाई सुम्सुम्याउँदा वा आलिङ्गनमा बाँधिदा सुरक्षाको भावना जागृत हुन्छ भन्ने देखाएको छ । यस्तो आलिङ्गनले दिनभरिको तनाव कम गर्छ । एक-अर्काको शरीरको ताप अनुभव गर्नाले सकारात्मक ऊर्जा प्रवाह हुन्छ । यसले शारीरिक एवं मानसिक थकान मेटाउँछ । जब मानिस चिन्ता र तनावबाट ग्रसित हुन्छ तब सामीप्यता र निकटताले शान्ति प्रदान गर्छ । नयाँ आशा र उत्साहलाई जीवित गर्छ । पति-पत्नीले एक-अर्कालाई सम्हाल्नाले, बुझ्नाले, समन्वय र समझदारी कायम राख्नाले आपसी मतभेद पनि कम हुन्छ । भावनात्मक स्थितिलाई तर्कपूर्ण रूपमा सम्हाल्दा आफ्ना गल्तीका सम्बन्धमा समेत जानकारी प्राप्त हुन्छ । यसले आपसी सम्बन्धलाई सुदृढ र सुमधुर राख्न मद्दत गर्छ । समग्रमा सामीप्यता दाम्पत्य जीवनका लागि उत्साह र ऊर्जा प्राप्त गर्ने अनि अघि बढ्ने, आफ्ना इच्छा-आकांक्षा व्यक्त गर्ने तथा साथीको चाहना र भावना बुझ्ने बलियो माध्यम हो । यो जीवनको रोमाञ्चकता कायम गर्ने सहज बाटो हो ।

No comments:

Post a Comment