Wednesday, December 30, 2009

Wednesday, December 23, 2009

पूर्व गोरखा संग्रहालय बनाउन तम्सिए




धरानको आन्तरिक पर्यटनमा सुधार गर्न पूर्व वि्रटिस गोरखा सैनिकहरुले सुरु गरेको महत्वकांक्षी योजना मानिएको वि्रटिस गोरखा स्मृतिपार्कको भौतिक संरचना निर्माणका लागि बेलायतको फार्नवोरो बस्ने गोरखालीहरुले सोमबार आर्थिक सहयोग गरेका छन् । धरानबाट ८ किलो मिटर पश्चिम पर्ने सुनसरीको विष्णुपादुका-६ माछामारा डाडामा निर्माणाधिन रहेको गोरखा स्मृति पार्कको भौतिक संरचना निर्माणका लागि बेलायती पूर्व गोरखाहरुले गत तिहारमा देउसी खेलेर संकलन भएको रकम १ लाख २५ हजार रुपैया नगद प्रदान गरेका हुन् । उक्त अवसरमा बेलायत बसे पनि स्मृति पार्कको आजीवन सदस्य भएवापत संकलन भएको ५० हजार ७६ रुपैया पनि समितिलाई हस्तान्तरण गरिएको थियो ।केही बर्ष देखि धरानबाट गए पछि आवासीय भिषामा बेलायतको फार्नबोरोमा बस्दै आएका पूर्व गोरखा सुवर्ण नेम्बाङको संयोजकत्वमा देउसी खेलेर संकलन भएको रकम फजुल खर्च नगरी पार्क निर्माण समितिलाई दिएको हो । रकम नेम्बाङले गेसोका सुनसरी अध्यक्ष गजेन्द्र इस्वोको उपस्थितिमा समितिका कोषाध्यक्ष बालानन्द साम्सोहाङलाई हस्तान्तरण गरेका थिए । धरानमा रहदा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर काम गरेका पुर्व गोरखा नेम्बाङ् सहित आसा राम बोखिङ, मानबहादुर तवेवुङ, महेश्वरी नेम्वाङ, सीता नेम्बाङ, जयराज माखिम, कुवेर सिं नेम्बाङ, प्रेम प्रकास नेम्वाङ र जीवन फागोले तिहारमा देउसी खेलेर संकलन गरेको रकम पार्क निर्माण समितिलाई प्रदान गरेको हो ।रकम हस्तान्तरण पछि नेम्बाङले भने, 'धरानमा रहदा पहिले पनि समाज सेवामा रहेका थियौं । देउसी खेलेर थोरै भए पनि आर्थिक संकलन गरेर त्यो रकमको सही सदुपयोग गर्ने उदेश्यले रकम प्रदान गरेको हो । बेलायतमा रोजगारी गरी खानेलाई यो पैसा धेरै भएर दिएको होइन । सामाज सेवा गर्ने भावना अझै नमरेकोले दिएको हो ।' रकम हस्तान्तर समारोहमा नेम्बाङ्ले धरानका वि्रटिस गोरखा भूतपूर्व सैनिकहरुले आफ्नो पुर्खाको संझनामा माछामारा डाडामा १२ विगाहा जमिन किनेर गुरुयोजना सहित ५० करोड रुपैया बजेटको महत्वकांक्षी पार्क निर्माण गरिरहेकोमा सराहना गर्दै सो रका प्रदान गरेको नेम्बाङ्ले बताए ।स्मृति र्पाकको परिकल्पनाकार पूर्व गोरखा रमेश राईले संग्रहालयमा हाल वेलायति सेनामा रहेका टेन जीआर, सेभेन जिआर, सिक्स जीआर, क्यु जीइ, क्युजीएस, जिटिआर, टुजीआर पल्टनका गोर्खाली सेनाका व्याचहरु राखिने बताए । उनका अनुसार पार्कमा गोरखा पल्टनका प्रतिक, व्याच, भिक्टोरिया क्रस विजेताको प्रतिक, चिडिया खाना, बालउद्यान, भ्यूटावर, सेमीनार हल, फुलवारी, विदाको समयमा सपरिवार गएर वस्न सकिने होली डे होम, पिकनिक स्पट, वि्रटिस गोरखा सैनिक संग्रहालय निर्माण गर्ने योजना रहेको छ । उनले भने, 'विदेशी इतिहासमा पानामा वि्रटिस गोरखा सैनिकलाई 'वीरहरुका पनि वीर' भनेर सम्बोधन गरिएका छन्, त्यसै अनुरुप गोरखाका बारेमा बेलायतको लण्डनमा एउटा सिंगो संग्रहालय छ । नेगि्रसेम्वीलेनको जेलेबु नगरमा गोरखाको सम्मानमा सडकको नाम नै गोरखा राखिएको छ । कैयौ विदेशीका घरघरमा गोरखाको प्रतिक खुकुरी सजिएका छन् । तर आफ्नै मुलुकमा हाम्रो इतिहासको बारेमा न राज्यले केही गरेको छ न त कसैले चासो नै दिएका छन् । यस्तो दुखद अवस्था भएकोले आफु जन्मेको हुर्केको मातृभूमिमा भाव सन्ततीका लागि केही त गर्नु पर्छ भनेर धरानका करिव १ हजार जना गोरखाको संयुक्त प्रयासमा संग्रहालय सहितको गोरखा स्मृति पार्क निर्माण सुरु गरेका हौं ।' पार्कमा निर्माण गरिने संग्रहालयमा वेलायतमा पहिलो विश्वयुद्ध देखि हालसम्म युद्धका क्रममा मारिएका गोर्खाली सेनाको नाम र इतिहास युद्धका तस्वीर समेत राखीने भएको छ । ६० औं बसन्त पार गरेका स्मृति पार्कका योजनाकार राई भन्छन्, 'हामीले वहादुरीका साथ पहिलो र दोस्रो विश्व युद्ध लड्दै गोर्खाली नेपालीको इतिहास र वहादुरीको परिचय दियौं तर नेपालमा कहि हाम्रो मूल्याङकन भएको छैन । त्यसैले हामीले गोर्खाकेा इतिहास निर्माणका लागि नेपालमै पहिलो पटक यस्तो ऐतिहासिक काम गरेका छांै ।' पार्कलाई थप भव्य बनाउन दाति निकायको पनि खोजी भइरहेको छ । पार्कको गेट धरान- १९ चौकीवारी बस्ने गोर्खा मेजर वलवहादुर तामाङले ५ लाख ३० हजारमा निर्माण गरीदिने भएकाछन् । त्यस्तै योजना अनुसार पार्क स्थल भित्रका पिकनिक र फलैचा निर्माणका लागि धरान-१७ रेल्वे बस्ने निल वहादुर राइ, धरान-७ बस्ने रुपादिल राइ, धरान- १८ बस्ने सुनिता राई धरान- १८ कै लवकुमार राई, सोही वडाका कृष्णदेव राई, धरान- १७ का कुलवहादुर लिम्वु, राजकुमार लुङफुङवा र उनका दाजुभाईहरु भक्त, भुवन, दानबहादुर राई, नरबहादुर थापा र धरान ८ सिद्धार्थ मार्गका रमेश राइ लगायत प्रत्येकले ३ देखि ५ लाख रुपैया बराबरको 'होली डे हट' निर्माण गरेर पार्कलाई थप सुन्दरता दिने भएकाछन् । पार्कमा गोरखा भूतपूर्व सैनिक संघ सुनसरी र महिला कमिटीले समेत पार्क निर्माणमा जुटेका छन् । पार्कमा हाल पानी विद्युत पुगी सकेको छ । गेसो सुनसरीका अध्यक्ष गजेन्द्र इस्वोले धरान र आसपासका क्षेत्रलाई नमुना पर्यटकीय स्थलको रुपमा विकास गर्दै आन्तरिक तथा वाहय पयर्टकहरुलाई गोरखालीको बास्तविक गाथा चिनाउने उद्देश्ले पार्कको निर्माणमा जुटेको बताए । उनले गोरखाको सानो प्रयासमा भइरहेको कामलाई नगरपालिका, जिल्लाविकास समिति र सरोकारवालाहरुले पनि सहयोग गरेमा सुनमा सुगन्ध थपिने बताए ।

Thursday, December 17, 2009

सामीप्यताको महत्त्व


सामीप्यता तनाव मेटाउने काममा सहयोगी हुन्छ। सामीप्यताले सुषुप्तावस्थामा रहेको भावना प्रकट गर्न सजिलो हुन्छ। एक सय जोडीमा गरिएको एउटा अनुसन्धानले एक -अर्कालाई सुम्सुम्याउँदा वा आलि·नमा बाँधिँदा सुरक्षाको भावना जागृत हुन्छ भन्ने देखाएको छ। यस्तो आलि·नले दिनभरिको तनाव कम गर्छ। एक-अर्काको शरीरको ताप अनुभव गर्नाले सकारात्मक ऊर्जा प्रवाह हुन्छ। यसले शारीरिक एवं मानसिक थकान मेटाउँछ। जब मानिस चिन्ता र तनावबाट ग्रसित हुन्छ तब सामीप्यता र निकटताले शान्ति प्रदान गर्छ। नयाँ आशा र उत्साहलाई जीवित गर्छ। ँप्रगाढ आलिङ्गन एवं निकटता दुवै दाम्पत्य जीवनका आवश्यकता हुन् । धेरैजसो सम्बन्धमा बेलाबेलामा फाटो आउन सक्छ । फाटो आउनुको कारण माया गर्नेलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने कुरा बुझ्न नसक्नु हो । धेरै दम्पती शारीरिक सम्पर्कलाई क्षणिक उन्मादका रूपमा लिन्छन् । अध्ययनहरूले बताएअनुसार यौनलाई क्षणिक उन्मादका रूपमा लिने मानिसको जीवन निराशाजनक हुनसक्छ । मनोवैज्ञानिकहरूका अनुसार धेरैजसो दम्पती परस्पर निकटताबाटै सम्पूर्णताको अनुभूति गर्न सक्छन् । यो सामीप्यता भावनात्मक रूपबाट एक-अर्काबीच खुलापन कायम राख्ने दुई व्यक्तिबीचको शारीरिक निकटताबाटै सम्भव हुनसक्छ ।धेरैजसो दम्पती आपसी सम्बन्ध प्रगाढ नभएका कारण दुःखी छन् । यस्ता जोडी आफ्नो अनुभूतिलाई व्यक्त गर्नुभन्दा आफूमै सीमित राख्छन् । उनीहरू आफ्नो मनमा के खेलिरहेको छ अरूलाई जानकारी होस् भन्ने चाहँदैनन् । साथीका अगाडि आफ्ना अनुभूति व्यक्त गर्नु जोखिमपूर्ण हुनसक्ने आशंका तिनमा हुन्छ । उनीहरूमा आफ्नो जीवनमा अरूको निणन्त्रण होला भन्ने भावना हुन्छ । यही असुरक्षाको भावनाले उनीहरूलाई गहिरो चिन्तामा पुर्‍याउँछ । आफ्नो स्वतन्त्रता गुमाउने डरले व्यक्ति यतिसम्म ग्रसित हुन्छ कि उसले निकटताको भावनाबाट प्राप्त हुने सुखको अनुभव गर्न सक्दैन । यस्ता दम्पती केही क्षणका लागि सामीप्यताको अनुभव त गर्छन् तर त्यो अनुभव अस्थायी हुन्छ । विवाहपछि धेरैजसो पुरुषको गुनासो श्रीमतीले यौनमा रुचि राख्दैनन् भन्ने हुन्छ । श्रीमतीहरू टाढा रहँदा श्रीमान्ले आफूप्रति रुचि देखाउँछ भन्ने भ्रान्ति हुन्छ । साथमै हुँदा पनि यी भावनाका कारण दुवैलाई एक्लोपन महसुस हुन्छ । त्यसैले संभोगपछि पनि खालीपनको अनुभव हुन्छ । यस्ता दम्पती यौनलाई प्रगाढता र सामीप्यता दर्साउने माध्यमका रूपमा मात्र लिन्छन् ।सामीप्यता तनाव मेटाउने काममा सहयोगी हुन्छ । सामीप्यताले सुषुप्तावस्थामा रहेको भावना प्रकट गर्न सजिलो हुन्छ । एक सय जोडीमा गरिएको एउटा अनुसन्धानले एक-अर्कालाई सुम्सुम्याउँदा वा आलिङ्गनमा बाँधिदा सुरक्षाको भावना जागृत हुन्छ भन्ने देखाएको छ । यस्तो आलिङ्गनले दिनभरिको तनाव कम गर्छ । एक-अर्काको शरीरको ताप अनुभव गर्नाले सकारात्मक ऊर्जा प्रवाह हुन्छ । यसले शारीरिक एवं मानसिक थकान मेटाउँछ । जब मानिस चिन्ता र तनावबाट ग्रसित हुन्छ तब सामीप्यता र निकटताले शान्ति प्रदान गर्छ । नयाँ आशा र उत्साहलाई जीवित गर्छ । पति-पत्नीले एक-अर्कालाई सम्हाल्नाले, बुझ्नाले, समन्वय र समझदारी कायम राख्नाले आपसी मतभेद पनि कम हुन्छ । भावनात्मक स्थितिलाई तर्कपूर्ण रूपमा सम्हाल्दा आफ्ना गल्तीका सम्बन्धमा समेत जानकारी प्राप्त हुन्छ । यसले आपसी सम्बन्धलाई सुदृढ र सुमधुर राख्न मद्दत गर्छ । समग्रमा सामीप्यता दाम्पत्य जीवनका लागि उत्साह र ऊर्जा प्राप्त गर्ने अनि अघि बढ्ने, आफ्ना इच्छा-आकांक्षा व्यक्त गर्ने तथा साथीको चाहना र भावना बुझ्ने बलियो माध्यम हो । यो जीवनको रोमाञ्चकता कायम गर्ने सहज बाटो हो ।

ल ल किन हात थाप्या ? पानीको 'महसुल' हैन भन्या 'महसुल' बढ्या हो क्या !

विधवा र पुनर्विवाह


काठमाडौ, २०६६ पुस २ - राज्य पुनर्संरचानाको कुरो उठेको बेला हरेक जातजातिका समुदायले आफ्नो हक अधिकारलाई संविधानमा समेट्नुपर्ने कुरामा जोड दिइरहेका छन् । हिमाली, पहाडी, मधेसी र थारूलगायतका समुदायले आ-आफ्नो पहिचान छुट्टै बनाउन खोजिरहेको देखिन्छ । राजनीति गर्नेहरू यही मुद्दालाई उठाएर आफूलाई स्थापित गर्न चाहन्छन् । तर हाम्रो सामाजिक र आर्थिक समस्या के हो भनेर ठम्याउनेतर्फ कसैले ध्यान दिंँदैनन् । सामाजिक समस्याले सबभन्दा बढी प्रताडित बनेका मधेसी महिलाहरूका बारेमा हाम्रा मधेसवादी दलहरूलाई कहिल्यै सोच्ने फुर्सद मिलेन । मधेसी महिलाहरूको सामाजिक अवस्था त्यति राम्रो छैन । उनीहरू राज्यको पहुँचबाट अपहेलित मात्रै भएनन् रूढीवादी परम्परा र अन्धविश्वासले सधैँभरि पछाडि परिरहे । पुरुषहरूबाट हिंसाको शिकारमा परिरहेका उनीहरूप्रति गरिने व्यवहार तल्लो स्तरको हुन्छ । मधेसमा अझै पनि धेरै सामाजिक पीडाहरू छन्, जसबाट महिलाहरू बढी प्रताडित छन् । पहाडी समुदायका केही महिलाहरू शिक्षाबाट वञ्चित हुनु नपरेका कारण माथि उठ्न सके तर मधेसी समुदायका अधिकांश महिलाहरू शिक्षित हुन पाएनन् । मधेसमा अहिले पनि छोरीलाई पढाउनुपर्छ भन्ने मानसिकता छैन । जब मान्छेले पढ्न पाउँदैन तब ऊ हरेक कुराबाट वञ्चित हुन्छ । यहाँ महिलामाथि गरिने व्यवहार मानव सरहको छैन । शरीरले सकोस् या नसकोस् बिहेपछि उसले घरको सम्पूर्ण काम गर्नुपर्ने बाध्यता हुन्छ । सिंगो परिवारले नै महिलालाई घरको अधिकांश काम गर्न लगाउँछ । यस अवस्थामा श्रीमान्को मृत्यु भएमा उसले जिन्दगीभर दुःखैदुःखमा बाँच्नुपर्छ । विधवा हुनुपर्दाको अवस्था उसका लागि अभिशाप हो । समाजमा विधवा महिलालाई अर्को बिहे गर्ने अधिकार दिइएको हुँदैन । यो महिलाप्रति गरिने एक किसिमको दुव्र्यवहार हो । विधवा भएर बस्नुपर्दाको पीडा पर्नेलाई मात्र थाहा हुन्छ । विधवा महिलालाई कुनै पनि शुभकार्यमा सहभागी गराइँदैन । विवाह, व्रतबन्ध, पूजाआजामा उनीहरू लुकेर बस्नुपर्ने हुन्छ । हेर्न पनि बन्देज लगाइन्छ । कहीँ जान आउन पनि उनीहरूलाई गाह्रो हुन्छ । मधेसमा विधवाले बिहे गर्न नहुने परम्पराको विरोध गर्नेहरू अहिले अगाडि आएका छन् । पहाडी समुदायका महिलाहरूमा यस किसिमको चेतना जागृत भइसकेको छ । उनीहरू विधवाले टीका, चुरा, पोते, सिन्दुर र रातो बस्त्र लगाउन नपाइने नियमको विरोध गर्दै लगाएरै हिँड्न थालेका छन् । यस किसिमको अभियानै चल्न थालेको छ । जब एउटी महिला रातो लुगा, टीका, चुरा, पोते र सिन्दुर लगाउन वञ्चित हुन्छिन् तब उनले आफ्नो सम्मान, प्रतिष्ठा गुमेको महसुस गर्छिन् । विधवालाई धन सम्पत्तिजस्ता हक अधिकारबाट पनि वञ्चित गरिन्छ । विधवालाई समाज र परिवारले हेला गर्ने हुनाले उनीहरू जहिले पनि आफू एक्लो भएको महसुस गर्छन् । घरपरिवार र समाजबाट हेपिएपछि पहाडी समुदायका विधवाले अधिकार प्राप्तिका लागि एकल महिला अभियानको गतिविधि चलाएका छन् । उनीहरूले विधवा महिलाको पुनः विवाह, रातो टीका, चुरा, पोते र सारी लगाउने कार्यक्रम गर्दै आएका छन् । सधैँभरि एक्लै बस्नुपर्दाको पीडा ज्यादै दर्दनाक हुन्छ त्यसैले विधवाले पुनर्विवाह गर्न पाउनुपर्छ भन्ने माग महिलाहरूले उठाइरहेका छन् । राज्यले पनि एकल महिलालाई बिहे गर्नेलाई ५० हजार दिने घोषणा गरेको छ । तर यस कुरामा मधेसी महिलाहरू भने अझै पछाडि छन् । अहिले पनि मधेसी महिलाहरूले पतिको मृत्युपछि रंगहीन जीवन बिताउनुपरेको छ । कति यस्ता महिला जो सानैमा बिहे भई ३/४ वर्षपछि विधवा भएका छन् । रूढीवादी परम्परा र संस्कारले सिंगो समाजलाई असर पारिरहेको छ । २१ औं शताब्दीमा पनि बाँचिरहेको यस्तो संस्कारको अन्त्य हुनुपर्छ । अहिलेको माग भनेको विधवाले पनि पुनर्विवाह गर्न पाउनुपर्छ भन्ने हो । यसका लागि राज्यले विधवा महिलाहरूको हक अधिकारका लागि केही व्यवस्था गर्नु जरुरी छ । यस्ता रूढीवादी कुराहरूलाई त्यागेर एक कदममाथि उठी विधवा महिलाहरूलाई सम्मानजनक तरिकाले बाँच्न दिनुपर्छ । उनीहरूका इच्छा र आकांक्षामाथि कसैले पनि हस्तक्षेप गर्नुहुँदैन । अब मधेसी महिलाहरूमा पनि यस किसिमको चेतना जागृत हुनु जरुरी छ । विश्वका कुनै पनि मुलुकमा यस्तो परम्परा छैन, त्यसैले अब विधवाले बिहे नै गर्नुहुँदैन भन्ने मानसिकता हट्नु सान्दर्भिक छ ।

kopanhegan ko upalabdhi

कोपनहेगन चिसियो तर विश्वको तातो घटाउने कुरा मिलेन
• हरितगृह ग्याँस कटौतीबारे विवाद कायमै
अब्दुल्लाह मियाँ







google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);

कोपहेगनको मौसम भने मंगलवारदेखि चिसिएको मात्र छैन, पुरै कोपनहेगनभरी हिमपात नै भएको छ । बाटो, घर, रेल्वे, सवारी साधन ढपक्कै हिउँले ढाकेको छ । यहाँको तापक्रम पनि माइनसमा झरेको छ ।
कोपनहेगन (डेनमार्क) , २०६६ पुस २ - जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमै बढिरहेको तापक्रम नियन्त्रण गर्न चाल्नु पर्ने कदमबारे छलफल गर्न १० दिनदेखि एक सय ९२ मुलुकका प्रतिनिधि र राष्ट्रप्रमुख कोपनहेगनमा भेला भईरहेका छन् । ठीक त्यसको विपरीत कोपहेगनको मौसम भने मंगलवारदेखि चिसिएको मात्र छैन, पुरै कोपनहेगनभरी हिमपात नै भएको छ । बाटो, घर, रेल्वे, सवारी साधन ढपक्कै हिउँले ढाकेको छ । यहाँको तापक्रम पनि माइनसमा झरेको छ । कोपनहेगनमा मंगलवार र बुधवार दिउँसोदेखि व्यापक हिमपात भएको छ । हिमपात परेर कोपनहेगनको मौसम चिसिएपनि विश्वव्यापी रुपमा बढेको तातोपना -ग्लोबल वार्मिङ) घटाउने बारे भने सम्मेलनमा सहभागी मुलुकहरुवीच सहमति जुट्न सकेको छैन । बरु धनी र गरीब मुलुकहरुवीचको टकराब बढेको छ । धनी र विकसित मुलुकहरुले क्योटो प्रोटोकल अभिसन्धि खारेज गर्नुपर्ने माग गरिरहेका छन् । अल्पविकसित र अति कम विकसित मुलुकहरु -एलडिसिज) ले अति विकसित र विकसित मुलुकहरुले हरित गृह ग्याँस कटौतीकालागि वाध्यकारी सन्धिमा सहमति जनाउनुपर्ने अडान राखेका छन् । सम्मेलनमा सम्वोधनका क्रममा प्रधानमन्त्री माधवकुमार नेपालले हरितगृह ग्याँस कटौती गर्न महत्वकांक्षी लक्ष्य हुनुपर्ने र वायुमण्डलको तापक्रम एक दशमलव ५ डिगि्रभन्दा तल राख्नुपर्ने प्रस्ताव गरेका थिए । त्यस्तै, संस्थागत संरचनाको स्रोत र प्रविधिसंगको सहज र प्रत्यक्ष पहुँचमार्फत् पूर्वानुमानित ठोस उन्नत र दिगो लगानी हुनुपर्ने पनि प्रधानमन्त्रीले बताएका थिए । छलफलमा सहभागी वातावरण मन्त्रालयका प्रतिनिधिहरुका अनुसार विकसित र धनीमुलुकहरु त्यो अभिसन्धिबाट पन्छिन खोजेको छ । सन् १९९७ मा जापनको क्योटो शहरमा सम्पन्न तेस्रो भेलाले क्योटो अभिसन्धिको अवधारणा अघि सारेको थियो । क्योटो सहरकै नामबाट अभिसन्धिको नाम रहेको हो । ४२ मुलुक आवद्ध विकसित मुलुकहरु (एनेक्स एक) ले कार्बनडाईअक्साईडलगायतका हरितगृह ग्याँसको उत्सर्जनलाई घटाएर सन् १९९० को भन्दा सरदर ५ दशमलव दुई प्रतिशतले कम गर्न निर्देशन गरेको थियो । त्यो लक्ष्य हासिल गर्न सन् २००८ देखि २०१२ सम्मको समयावधि तोकिएको भए पनि धनी विकसित मुलुकहरुले क्योटो अभिसन्धि नै खारेजीको माग गरिरहेका छन् । विशेषज्ञहरु हरितगृह ग्याास कटौती गर्ने लक्ष्य हासिल गर्न विकसित मुलुकहरु (एनेक्स एक) ले बाध्यकारी सन्धि विना सम्भव नहुने तर्क गर्छन् । कार्बनडाईअक्साइड, मिथेन, नाईटरस अक्साईड, ओजोन र हृ्यालो जस्ता ६ किसिमका हानिकारक ग्याँसको समुहलाई हरितगृह ग्याँस भनिन्छ । जलवायु परिवर्तनमा ८० प्रतिशत भूमिका कार्बनडाईअक्साईड (सिओटु) को मात्रै हुन्छ । विकसित र धनी मुलुकहरुले हरितगृह ग्याँस उत्सर्जन कटौतीसम्वन्धि वाध्यकारी अभिसन्धि पालना गर्न अटेर गरिरहेका छन् । क्योटोबारे टुंगो नलागेपछि बुधवार सरकार प्रमुखहरु छलफलमा जुटिसकेका छन् । विश्वमै बढ्ता हरितगृह ग्याँस गर्ने सूचीको अमेरिकाले क्योटो प्रोटोकलमा हस्ताक्षर नगर्ने घोषणा गरिसकेको छ । नेपालले शुन्य दशमलव शुन्य २५ प्रतिशत मात्रै कार्बन उत्सर्जन गर्ने भएपनि सन् २००५ मा नै क्योटो अभिसन्धिमा हस्ताक्षर गरी पक्ष मुलुक भएको थियो । विवादकै कारण १० दिनदेखि जलवायु परिवर्तनसम्वन्धि विश्व सम्मेलन टुंगोमा पुग्न सकेको छैन । पृथ्वीको जलवायु अनुकुलन कायम राख्न औसत तापक्रम १४ देखि १५ डिगि्र सेल्सियस हुने गरेकोमा औसत तापक्रम बढेर अहिले १६ डिगि्र पुगेको छ । जलवायु परिवर्तनका कारण नेपालको औषत तापक्रम वाषिर्क शुन्य दशमलव शुन्य ६ डिगि्र सेल्सियसका दरले वृद्धि भएको छ, जुन दर अन्य मुलुकहरुको तुलनामा बढी हो । जलवायु परिवर्तनका कारण विश्वमा तापक्रम बढ्ने, जीव, वनस्पति, पानीको स्रोत, समुन्द्री जीव र तीनको पारिस्थितिकिय प्रणाली तहस नहस हुने खतरा बढेको छ ।त्यस्तै, हिमालय क्षेत्र पग्लिने, हिमनदी सुक्ने, हिमतालको संख्या र गहिराई बढ्ने, ताता दिनको संख्या बढ्ने, मौसमको प्याट्र्न परिवर्तन हुनेलगायतका संकेत पनि प्रशस्तै देखिएका छन् । जलवायु परिवर्तनसम्वन्धि अन्तरसरकारी मञ्च (आईपिसिसि) को २००७ मा प्रकाशित प्रतिवेदनले पनि अनुमानभन्दा निकै उच्च गतिमा जलवायु परिवर्तनको असर देखिएको र असरको मात्रा बढ्ने क्रम जारी रहेको उल्लेख गरेको छ ।

nepal police

काठमाडौ, २०६६ पुस २ - नेपाल प्रहरीमा काम गर्ने सबै तहका सुरक्षाकर्मीलाई पुस १ गतेदेखि ३० बर्षे सेवाअवधि लागू भएको छ । यो व्यवस्था लागूभएपछि ३० वर्ष सेवाअवधि पुगेर पनि म्यादथप गरेर हालसम्म कार्यरत ७७ प्रहरी अधिकृतले बुधबारकै मितिबाट स्वत: अवकाश पाएका छन् ।प्रहरी नियमावली २०४९ को ३० वर्ष सेवा अवधि पुगेका सुरक्षाकर्मीको दुई वर्ष म्याद थप गर्न सकिने व्यवस्थालाई संशोधन गरी झिकेपछि प्रहरीमा यो नियम लागू भएको हो । संसोधित नियमावलीमा 'यो नियमावली प्रारम्भ हुनुअघि तीस वर्ष सेवा अवधि पूरा भई सेवा अवधि थप गरिएको प्रहरी कर्मचारीको सेवा अवधि जतिसुकै बाँकी रहेको भए तापनि यो नियमावली प्रारम्भ भएपछि निजले सरकारी सेवाबाट स्वतः अवकाश पाउनेछ' भनिएको छ । नियम सशोधन भएर ३० वर्षे नियम लागू भएपछि अवकाश पाउनेहरुमा एक जना एसएसपी, चार जना एसपी, पाँच जना डिएसपी, ११ जना प्रहरी निरीक्षक, ५३ जना नायव निरीक्षक र सहायक निरीक्षक चार जना छन् । स्वतः अवकाश पाएकाहरुलाई प्रहरी प्रधान कार्यालयले बिहीवार खटिएकै स्थानमा पत्राचार गरी सरकारको निर्णय र अवकाशबारे जानकारी दिएको छ । अवकाश पाउने उच्च अधिकृतमा एसएसपीमा वीरबहादुर राना छनभने एसपीहरुमा जयबिष्णु नेपाली, मायाकुमार शाह, रामलगन यादव र मोहनबहादुर खड्का छन । त्यस्तै अवकाश पाउने डिएसपीहरुमा कृष्णबहादुर चन्द, ओमकुमार श्रेष्ठ, दयानन्द मल्लिक, रेशमबहादुर खड्का छन् ।प्रहरी निरीक्षकहरु मानबहादुर ढकाल, रामजी अधिकारी, लालबहादुर रानामगर, खिलबहादुर केसी, बुद्धबहादुर भारती, मानबहादुर दर्लामी, मानबहादुर पुन, खडगबहादुर थापा, रामसिंह बिष्ट, मदनसिंह राना र अमरबहादुर क्षेत्रीले पनि अवकास पाएका छन् । ३० वर्षे प्रावधान लागूभएपछि आगामी चैत्र १५ गते वरिष्ठ प्रहरी उपरीक्षक ढकबहादुर कार्की, श्याम नेपाल, प्रहरी उपरीक्षक रामचन्द्र भण्डारी, हरिकृष्ण खाँड, हनुमान शाह र बैशाख १२ गते डिआईजी भक्तिनाथ माझीले अवकाश पाउने छन् । गृह मातहतकै अन्य दुई सुरक्षा निकायहरु सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा यो नियम गतवर्ष पुस मसान्तदेखि लागू भएको थियो । यसअघि २०६५ साल पुस मसान्तमा गृह मातहतका बल र अनुसन्धानमा यो नियम लागू हुँदा सशस्त्र प्रहरी बलका प्रमुख वासुदेव वली र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख धनसिंह कार्कीसहित ४३ उच्च अधिकारीहरुले एक साथ अवकाश पाएका थिए । यो नियम नेपाल प्रहरी मातहतकै पहरा गणमा भने लागू नहुने भएको छ ।

PRADHAN MANTRI KO CHUNAUTI

संसद्मा बहुमत पुर्याएर सरकार ढाल्न माओवादीलाईःप्रधानमन्त्री नेपाल
प्रधानमन्त्री माधव कुमार नेपालले संसद्मा बहुमत पुर्याएर सरकार ढाल्न माओवादीलाई चुनैती दिनुभएको छ । नेकपा एमाले केन्द्रिय प्राकृतिक स्रोत व्यवस्थापन बिभागले बनेपामा आयोजना गरेको जलवायु परिवर्तन चुनौती र अवसर विषयक कार्यशाला गोष्ठीको आज धुलीखेलमा उद्घाटन गर्दे प्रधानमन्त्री नेपालले आन्दोलन छाडेर वार्तामार्फत समस्याको समाधान खोज्न माओवादीसंग आग्रह गर्नुभयो । माओवादीले आन्दोलन भन्दै सडकमा रोएर कराउनुको कुनै अर्थ नभएको भन्दै प्रधानमन्त्री नेपालले सहमतीमा आउन माओवादीसंग आग्ह गनुृभयो । नेपालमा हुने जलवायु परिवर्तनले भारत र भुटानलाई समेत असर गर्ने भएकाले यसमा ३ वटै देशले चासो देखाउनु पर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

NEPAL KO KHATARA

रकम अभावले आगामी मसान्तदेखि मुलुक चलाउन समस्या हुन्छ ःअर्थमन्त्री
काठमाडौ कार्तिक १५ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले सदनमा रहेको सरकारको बजेट कार्तिक मसान्त सम्म पारित हुन नसकेमा मुलुकको प्रशानीक लगायत बिकासका कार्यक्रमहरु साचालन गर्नका लागी कठिनाई हुने बताउनु भएको छ ।सिहदरबार स्थित आफ्नै मन्त्रालयमा आज आयोजीत पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पाण्डेले कार्तिक मसान्त सम्म बजेट अनिबार्य रुपमा पारित गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । सरकारको चालु बर्षको बिनियोजन बजेट मध्ये एक तिहाई रकम खर्च भई सकेको बताउनु भएका अर्थमन्त्री पाण्डेले बजेट पारित गर्ने बिषयमा राजनीतिक परार्मशहरु भईरहेको बताउनु भयो । अर्थमन्त्री पाण्डेले सरकारको बजेट सदनबाट नियमित प्रकि्रया अनुसार नै पारित हुने बताउनु भएको छ । उहाले सदनमा रहेको बजेट पारित गर्ने क्रममा मार्शल ल लागु नगरीने भन्दै निकासकालागी पहल भईरहेको उल्लेख गर्नु भयो ।


oh nepal ko hal ko parisththy ta kya boring chha ni