काठमाडौ, चैत्र ४ - नेपाली सेनाका अधिकारीहरूले माओवादीले हिंसा र चन्दा असुलीलाई यथावत् राखेको भन्दै आलोचना गरेको छ ।
मंगलबार जंगीअड्डामा आयोजित समन्वयात्मक बैठकमा पृतनापतिहरूले वस्तुस्थिति विश्लेषण प्रस्तुत गर्ने क्रममा माओवादी गतिविधिहरू शान्ति सम्झौताविपरीत रहेको समेत बताएका थिए । बैठकमा सैनिक अधिकारीहरूले माओवादीले कब्जा गरेका निजी तथा सार्वजनिक जग्गाहरू फिर्ता गर्नुको सट्टा अहिले पनि बेलाबेला कब्जाको प्रयास जारी राखेको उल्लेख गरेका थिए ।
उनीहरूले आन्तरिक सुरक्षा व्यवस्था खराब बन्दै गएको विश्लेषणसमेत सुनाएका थिए । आआफ्ना क्षेत्रको वस्तुस्थिति विश्लेषणका क्रममा खस्कँदो सुरक्षा अवस्था चिन्ताको विषय भएको उल्लेख गरेको बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरलाई बताए । हरेक वर्ष हुने समन्वयात्मक बैठकमा प्रधानसेनापति, पीएसोज (पि्रन्सिपल स्टाफ अफिसर्स), पृतनापतिहरू तथा निर्देशकहरूसमेत सहभागी थिए ।
बैठकमा पृतनापतिहरूले आआफ्नो जिम्मेवारी क्षेत्रको वाषिर्क प्रगति विवरण, वस्तुस्थिति, विद्यमान समस्या तथा भविष्यमा गरिने कार्य योजना र राय सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पृतनापतिहरूको प्रस्तुतीकरणपछि विभिन्न विभागसम्बन्धी उठेका विषयहरूमाथि छलफल तथा अन्तरक्रिया भएको थियो । सेनापति छत्रमानसिंह गुरुङले बैठकको समापन गर्दै छलफल, अन्तरक्रिया तथा समन्वयबाट नै संस्थाको विकासलाई गति प्रदान गर्न सक्ने उल्लेख गरेको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ । उनले पृतनापतिहरूको प्रस्तुतीकरणका साथै विभागीय प्रमुख तथा निर्देशकहरूबाट व्यक्त प्रतिबद्धताबाट नेपाली सेनाले सामना गर्नुपर्ने सम्भावित चुनौतीप्रति सजग र आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीप्रति कटिबद्ध भएको महसुस गरिएको जनाए ।

.jpg)